३० कात्तिक, काठमाडौं । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले हार व्यहोरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग २-१ गोलअन्तरले पराजित भएको हो ।
खेलमा सुरुआती अग्रता लिएको भए पनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो । लाउतारो मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसको ८ मिनेटपछि १९औं मिनेटमा पाराग्वेका एन्टोनियो सानाब्रियाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफको ४७औं मिनेटमा ओमार अल्डेरेटेले गोल गर्दै पाराग्वेलाई खेलमा अगाडि ल्याए । त्यसपछि थप गोल हुन नसक्दा पाराग्वे २-१ ले विजयी हुँदै ३ अंक जोड्न सफल भयो ।
हारका बाबजुद अर्जेन्टिना ११ खेलमा २२ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा छ । समान खेलमा १६ अंक भएको पाराग्वे छैटौं स्थानमा छ ।
 
                    










 २०८१ कात्तिक  ३० गते ८:३६
                        २०८१ कात्तिक  ३० गते ८:३६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4