+

बार्सिलोनासँग दूरी घटाउँदै रियल मड्रिड

२०८१ मंसिर  १० गते ७:५८ २०८१ मंसिर १० गते ७:५८
बार्सिलोनासँग दूरी घटाउँदै रियल मड्रिड

१० मंसिर, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले गएराती लेगानेसलाई ३-० ले सहजै पराजित गरेको छ । यस जितपछि छिमेकी एट्लेटिको मड्रिडलाई पछि पार्दै रियल दोस्रो स्थानमा उक्लेको छ ।

लेगानेसको मैदानमा भएको खेलमा रियलका लागि केलिएन एमबाप्पे, फेडेरिको भलभर्डे र जुड बेलिङघहमले एक-एक गोल गरे ।

खेलको ४३औं मिनेटमा भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रियलले दुई गोल थप्यो । भलभर्डेले ६६औं मिनेटमा अर्दा गुलेरको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । खेल सकिन पाँच मिनेट अघि बेलिङघहमले गोल गर्दै रियललाई सहज जित दिलाउन सहयोग गरे ।

जितपछि १३ खेलबाट ३० अंक जोडेको दोस्रो स्थानमा उक्लेको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ४ मा झारेको छ । रियलले अझै एक खेल कम खेलेको छ । १४ खेलबाट बार्सिलोनाको ३४ अंक छ । समान खेलबाट २९ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ ।

 

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय