+

नेपाल आइपुगे विराटनगरका विदेशी खेलाडी किर्टन

२०८१ मंसिर  १३ गते १३:५९ २०८१ मंसिर १३ गते १३:५९
नेपाल आइपुगे विराटनगरका विदेशी खेलाडी किर्टन

१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् ।

विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् । उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए ।

विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।

उनीहरू सबैजना नेपाल आउन बाँकी छ । प्रशिक्षक केभिन ओ ब्रायन भने नेपाल आइसकेका छन् ।

विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् ।

निकोलस किर्टोन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय