 
																			१३ मंसिर, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले बीआरआईमा नेपाल र चीन बीचमा संवाद भएर टुंगिने बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणमा जानुअघि पूर्व तयारीका लागि आरजु आज चीन प्रस्थान गरेकी छन्।
चीन उड्नु अघि अन्तराष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिने क्रममा परराष्ट्र नीतिमा वार्ता हुने बताइन्। उनले भनिन्,‘के हुन्छ हेरौं ।’
बीआरआई बारे पार्टीभित्र मतभिन्नता नभएको उनले दाबी गरिन्। उनले भनिन्,‘मतभिन्नता मिडियाले सिर्जना गरेको हो। पार्टीमा जतिपनि नेताहरु हुनुहुन्छ । एकरुपताका साथ यसलाई कसरी अगाडि बढाउने भनेर एउटा हाम्रो टीम छ। उहाँहरुले कुरा गरिरहनु भएको छ।’
नेपाली कांग्रेस र एमाले बीचमा बीआरआईमा सहमति खोज्न कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री गगन थापा, एमालेबाट विष्णु रिमाल र युवराज खतिवडा रहेको कार्यदलले निरन्तर छलफल गरिरहेको छ ।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा शनिबार नेपाल फर्किएर पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यक्रम तय भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4