१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट ‘आइकोनिक प्लेयर’ छनोट गरेको छ । जनकपुरले आइकोनिक खेलाडीमा विशाल सुस्लिङलाई छानेको हो ।
आइकोनिक खेलाडी बनेसँगै विशालले अब नेपाल प्रिमियर लिगमा जनकपुरको प्रतिनिधित्व गर्न पाउने छन् ।
पुबुदु दासानायके प्रशिक्षक रहेका जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका आसिफ शेख छन् ।
एनपीएल शनिबारदेखि काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदैछ ।
जनकपुरले आफ्नो पहिलो खेल शनिबार नै विराटनगर किंग्ससँग खेल्ने छ ।
प्रतिक्रिया 4