+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोरखामा उपनिर्वाचनको तयारी पूरा

विकास मरहट्टा विकास मरहट्टा
२०८१ मंसिर १५ गते १७:५०

१५ मंसिर, गोरखा । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा भोलि आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदान स्थल र केन्द्रहरु समेत तयार भइसकेका छन् ।

उपनिर्वाचनका लागि स्वाँराको गोरखकाली र अमराईको शिवशक्ति आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले बताए । ‘दुई वटा मतदान स्थल हो । मतदान केन्द्र भने ३ वटा छन्’, उनले भने ।

शिवशक्ति आधारभूत बिद्यालय भएको मतदान स्थलमा क र ख गरी दुई वटा मतदान केन्द्र रहेको उनले जानकारी दिए । निर्वाचन आयोगले कात्तिक २७ गते प्रकाशत गरेको अन्तिम मतदाता नामावली अनुसार उक्त वडामा २ हजार २२५ मतदाता छन् ।

१ हजार ५०१ जना मतदातालाई शिवशक्ति आधारभूत विद्यालय र बाँकी ७ सय २४ मतदातालाई गोरखकाली आधार विद्यालयमा मतदान स्थल तोकिएको छ । उपनिर्वाचनको समय तालिका बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

चुनावलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न आफूहरु लागिपरेको प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेलले बताए । मौन अवधिको समयलाई मध्यनजर गर्दै व्यापाक रुपमा सुरक्षा टोली परिचालन गरिएको उनले जानकारी दिए । ‘चुनावमा जनपथसँगै सशस्त्र प्रहरी परिचालन हुन्छ,’ उनले भने, ‘आवश्यक परे थप मद्दतको रुपमा सेना पनि परिचालन गर्न सक्छौं ।’

वडा नाकामा कडाइ, उपनिर्वाचन क्षेत्रमा पास बिना सवारी चलाउन नपाइने

वडा प्रवेश गर्ने नाकाहरुमा चेकजाँच बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए । अवाञ्छित गतिविधि हुन नदिन टोल टोलमा प्रहरी पनि परिचालन गरिएको उनले जानकारी दिए ।

दुवै मतदान स्थलहरुको शनिबार मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतका टोलीले अनुगमन तथा निरीक्षणसमेत गरेका छन् । भोलि सो वडा क्षेत्रभित्र बिना पासका सवारी सञ्चालन गर्न नपाइने बताइएको छ ।

यसअघिका वडाध्यक्ष खिलबहादुर रानाको २०७९ साल कात्तिक १० गते मृत्यु भए पश्चात रिक्त रहेको पदमा उपचुनाव हुन लागेको हो । चुनावमा ९ दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

चुनावलाई मध्यनजर गर्दै गोरखा नगरपालिकाले भोलि सार्वजनिक बिदा समेत दिएको छ । गण्डकी प्रदेशभर गोरखा ५ एक मात्र उपनिर्वाचन हुन लागेको क्षेत्र हो । वडाकै भएपनि यो चुनावलाई दलका मुख्य नेताहरुले आफ्नो राजनीतिक औचित्य र प्रतिष्ठासँग जोडेर हेरेका छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?