+
+
एनपीएल :

चितवन राइनोजको विजयी सुरुवात

काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले विजयी सुरुवात गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १२:०६

१६ मंसिर, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।

काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन ।

त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?