+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सौगात मल्ल अभिनित ‘बमबहादुर’को ट्रेलरमा गोर्खाल्याण्ड संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १९:२५

काठमाडौं । सौगात मल्ल अभिनित फिल्म ‘बमबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । रहस्य र कौतुहल तुल्याउने ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पर्छ ।

गोर्खाल्याण्ड आन्दोलनको परिवेशमा भनिएको कथामा मल्लले क्रान्तिकारी चरित्र निर्वाह गरेका छन् । उनको पात्रले क्रान्तिकारीलाई एकजुट तुल्याएर विद्रोही जागरण तुल्याउने कार्यमा भूमिका खेल्छ ।

भारतको दार्जिलिङ क्षेत्रको कथा यसमा छ । टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति संघर्षलार्ई प्राथमिकतामा राखिएको छ ।

फिल्मले दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलमा आधारित सन्देशमूलक र ऐतिहासिक संघर्षलाई चित्रण गर्ने निर्देशक जोन राईले बताए । यो फिल्म पुस ५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने जनाइएको छ ।

बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा बनेको फिल्मका अन्य कलाकारमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङको अभिनय छ ।

निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको फिल्मको छायांकन सुजोयकुमार घोष ‘मुन्ना’ले गरेका छन् । सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?