+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आधा किलो सुनसहित काभ्रेबाट २ जना पक्राउ

काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १३:१६

२४ मंसिर, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको प्रहरीले उक्त सुन बरामद गरेको हो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?