
२७ मंसिर,बुटवल। एसियाली बिकास बैंक (एडीबी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको सयुक्त लगानीमा सचाञ्लन हुन लागेको युआरएलआईपी योजना अन्तर्गतका विभिन्न शहरी सडक निमार्णका लागि सम्झौता भएको छ ।
एक अर्व १८ करोडको लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी ईकेके ईन्फ्रास्ट्रक्चर लि.भारत बिच सम्झौता भएको हो । सम्झौता पश्चात कार्यादेश पाएको ९ सय दिन भित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ।
यो योजना अन्तरगत नाली, फुटपाथ, सेफ्टी रेलिङ्ग, खानेपाली, बिजुली, स्ट्रीट लाईट, सडक कालोपत्रे, आरसिसि ढलान तथा नगर सुन्दरीकरण लगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी दिए । उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिइएको र समयमै सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई आग्रह समेत गरे।
एडिबिको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसअघि एडिबिका आईयुडीपी र आरयुडीपीका योजना सफतापुर्वक सम्पन्न गरे पश्चात नगरपालिकाले तेस्रो चरणको योजना सुरु गरेको हो । अघिल्ला दुई योजनाको उत्कृष्ट ब्यबस्थापन गरे वापत नगरपालिका पुरस्कृत समेत भएको थियो ।
बुटवलमा भने एडिबीका फोहोरमैला व्यवस्थापन, खानेपानी र अटो भिलेज गरी तीनवटा ठूला परियाजना स्थानीय स्तरको विवाद समाधान गर्न नसकेका कारण गुमेका थिए ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा सिद्धार्थनगरमा ठेक्का प्रक्रिया छिटो र पारदर्शी भएर लागु हुने चरणमा पुगेको उल्लेख गर्दै निर्माणको क्रममा पनि नगरपालिकाले पुर्ण रुपमा सहजिकरण गर्ने बताइन्।
एडीवीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगर सहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ । तर ती पालिकाहरुमा योजना अध्ययनकै क्रममा छन् । सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो।
यो योजना अन्तरगत बिभिन्न २७ बटा सडकतर्फ साढे २३ किलोमिटर बढी लम्वाईका सडक निर्माण हुने छ। सुगरमिल, सुकुनीपथ देखि डण्डा कोरिडोर जाने सडक, भिमकाली पथ, दुर्गा कोलीनीका भित्री सडकहरु निर्माण हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत जनक थापाले बताए।
सम्झौता पश्चात एक दुई महिना भित्रमा नै योजना कार्यान्वयनको चरणमा जाने र योजना पुरा हुंदा नगरको बिकासले फड्को मार्ने बताए। धेरै मेहनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उनले बताए।
निर्माण कम्पनी ईकेके ईन्फ्रास्ट्रक्चर लि.का प्रतिनिधी विक्रम गौतमले नगरको गौरवको योजनालाई आफुहरुले समयमै पुरा गर्ने प्रतिबता जनाए।
प्रतिक्रिया 4