 
																			३० मंसिर, काठमाडौं । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) का नेता अबु मोहम्मद अल-जुलानीले सिरियामाथि गरिएको इजरायली आक्रमणको आलोचना गर्दै सिरिया युद्धबाट थाकिसकेको बताएका छन् ।
अल-जुलानीले इजरायली आक्रमणले सिरियाली क्षेत्रमा अनावश्यक तनाव थपेको प्रतिक्रिया दिंदै भनेका छन्, ‘सिरियाले अब अर्को द्वन्द्व सहन सक्दैन ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले शनिबार इजरायलले सिरियामाथि गरिएका आक्रमणलाई सही साबित गर्न झुटा बहाना बनाइरहेको बताएका छन् ।
‘सिरिया अब कुनै नयाँ द्वन्द्वमा संलग्न हुन चाहँदैन। बसर अल असदको सत्ता पतनपछि देशको ध्यान पुनर्निर्माणमा केन्द्रित गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
बीबीसीका अनुसार बसर अल असदको सत्ता पतनपछि इजरायलले सिरियाली सेनाका विभिन्न ठेगानाहरूमा बारम्बार बम आक्रमण गरेको छ। इजरायलले भने आतंकवादी शक्तिहरूलाई हतियार प्राप्त गर्नबाट रोक्न यी आक्रमण जरूरी रहेको बताउँदै आएको छ ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, इजरायलले शनिबार साँझ पाँच घन्टाको अवधिमा सिरियाका विभिन्न स्थानमा ६१ वटा मिसाइल प्रहार गरेको थियो।
बसर अल असदको सत्ता पतनदेखि हालसम्म इजरायलले सिरियाभर लगभग ८०० हवाई आक्रमण गरिसकेको छ।
शनिबार मात्रै सिरियाले यी इजरायली आक्रमणहरूको सन्दर्भमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई पत्र लेखेको छ। पत्रमा सिरियाका स्थायी प्रतिनिधिले इजरायलले निरन्तर गरिरहेको आक्रमणहरूको कडा निन्दा गरिएको छ ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4