+
+

शिक्षण अस्पतालका भगवान भन्छन्–यस्तो अवस्थामा कसरी काम गरुँ

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १९:३२

८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक प्रा.डा. भगवान कोइरालाले आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीको माग सम्बोधन नगरि पदमा नबस्ने बताएका छन् ।

bhagwan-koiralaकेसीको स्वास्थ्यसँगै अस्पतालमा काम गर्ने वातावरण समेत विग्रिएको भन्दै उनले भने–‘डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पतालमा काम गर्ने वातावरण धमिलिन थालिसक्यो, यस्तो अवस्थामा सबैले अनशनको विषयलाई थप गम्भीरतापूर्वक लिन म सम्बन्धित निकायसँग आग्रह गर्दछु ।’ कोइरालाले अघि भने–‘अस्पतालमा यस्तो अवस्था आउनु विडम्बना हो, म यस्तो अवस्थामा कसरी काम गरुँ, चिन्ता लागिरहेको छ ।’

कोइराला कार्यकारी निर्देशकमा नियुक्त भएपछि शिक्षण अस्पतालमा सुधार आएको छ । गंगालाल हृदय रोग केन्द्रलाई सफल बनाउन अहम भूमिका खेलेका कोइरालालाई शिक्षण अस्पतालमा आएपछि शिक्षण अस्पतालका भगवान भनेर समेत चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?