 
																			२ पुस, लमही । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी निवासी अन्दाजी ३२ वर्षीय कृष्णबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
मंगलबार राति साढे ७ बजेको समयमा रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाहीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रोशित स्थानीयहरूले पूर्व-पश्चिम राजमार्गको बिजाैरी खण्डमा सडक अवरुद्ध पारेका छन् । आक्रोशित स्थानीयहरूले एउटा ट्यांकरमा सामान्य तोडफोड समेत गरेका छन् ।
साेही खण्डमा सोमबार बेलुका मालबाहक ट्रकले माेटरसाइकल चालकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4