 
																			८ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको बयान सुरु भएको छ ।
न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरु गरिएको हो । बयान नसकिएकाले मंगलबार पनि जारी रहने कास्की जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।
छविलाई १५ प्रश्न सोधिएको थियो । ‘बाँकी भोलि फेरि निरन्तर हुन्छ,’ कास्की अदालत स्रोतले भन्यो ।
बयानका लागि सोमबार छविसहित पाँच जनालाई अदालत उपस्थित गराइएको थियो ।
रास्वपा सभापति रवि लामिछानेसँगै अब सबै आरोपितहरूको त्यही इजलासमै बयान हुनेछ ।
राईकै इजलासले उनीहरूको प्रारम्भिक सुनुवाइ गरी थुन्ने वा छाड्ने आदेश गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4