+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

रूस आएका उत्तर कोरियाली सेनाले उल्लेख्य प्रभाव पारेन : युक्रेन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते १२:४७

१० पुस, किएभ । रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले मंगलबार एएफपीलाई बताएका छन् ।

किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ हजार उत्तर कोरियाली सैनिक सीमा क्षेत्रमा कार्यरत छन् ।

रूस र उत्तर कोरिया दुवैले फ्रन्टलाइनमा आफ्नो संलग्नताको पुष्टि गरेका छैनन् ।

‘युद्धमा उत्तर कोरियालीहरूको संलग्नताले स्थितिमा खासै प्रभाव पारेको छैन,’ युक्रेनी सैन्य गुप्तचर सेवा (जीयूआर) का प्रवक्ता येवगेन येरिनले एएफपीसँग भने, ‘यो त्यति सैनिकहरूको ठूलो सङ्ख्या होइन ।’

उत्तर कोरियाली सेनालाई आधुनिक युद्ध, विशेषगरी ड्रोनको बारेमा थोरै मात्र अनुभव भएको उनले बताए । उत्तर कोरियाली सेना परम्परागत हतियारको प्रयोग र शैलीको युद्धमा भने पोख्त भइहेको पाइएको छ ।

उनले अगाडि भने, ‘उनीहरूले पनि सिकिरहेका छन् र हामी शत्रुलाई कम आँक्न सक्दैनौं । हामी देख्न सक्छौँ, उनीहरूले पहिले नै आफ्ना गतिविधिहरूमा केही चीजहरू ध्यानमा राखिरहेका छन् ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता उत्तर कोरियाका करिब तीन हजार सैनिक मारिएको र घाइते भएको बताएका थिए ।

दक्षिण कोरियाले सोमबार एक हजार १०० जना मारिएको वा घाइते भएको जानकारी दिएको थियो । दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले रूसमा सैन्य सुदृढीकरणको लागि नयाँ समूहहरू पठाउने वा पहिले नै लडिरहेकाहरूलाई राहत दिन र ड्रोनहरू पठाउने तयारी गरिरहेको देखिन्छ ।

रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?