+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

केयूको उपकुलपति छनोट : सर्च कमिटीले थाल्यो काम, मापदण्ड बनाउँदै

६ माघबाट हालका उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते २०:१०
विश्वविद्यालयका संस्थापक एवं पूर्वउपकुलपति सुरेशराज शर्मा

१० पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले मापदण्ड बनाउन गृहकार्य थालेको छ।

६ माघबाट हालका उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले उपकुलपति छनोट गर्न विश्वविद्यालयका संस्थापक एवं पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा २९ मंसिरमा समिति बनाइएको थियो।

समितिका संयोजक शर्माले छनोटका लागि दुई चार दिनमा मापदण्ड बनाइने जानकारी दिए। ‘कमिटीले काम सुरु गरेको छ। विश्वविद्यालयको आफ्नो परम्परा पनि छ। परिवर्तित अवस्थालाई पनि मध्येनजर गरेर मापदण्ड बनाउछौँ,’ संयोजक शर्माले अनलाइनखबरसँग भने।

कुन विधिबाट उपकुलपति छनोट गर्ने भनेर समितिले छलफल गरिरहेको उनले बताए। समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?