+
+

पार्टीभित्र अल्पमतलाई सम्मान गर्न माओबाट सिक्नुपर्छ : जनार्दन शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १६:१४
फाइल फोटो ।

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्ने बताएका छन् । माओ दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले पार्टीभित्र विचारभन्दा बढी गठबन्धनको बहस भइरहेको बताए ।

‘अहिले पार्टीभित्र वैचारिक बहसभन्दा बढी गठबन्धनको बहस भइरहेको छ’, शर्माले भने, ‘पार्टीभित्र हुनुपर्ने वैचारिक बहस नै हो ।’

पार्टीभित्र वैचारिक बहसलाई दुत्कार्ने प्रवृत्ति देखिन थालेको चिन्ता समेत उनले गरे । ‘माओले पनि सातौं अधिवेशनमा अल्पमतलाई सम्मान गर्नुभएको थियो । सयौं फूलहरुलाई फुल्न देऊ भन्नुभएको थियो’, उनले भने, ‘नेपालका कम्युनिष्टहरुले माओबाट सिक्नुपर्छ ।’

वैचारिक बहस कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै अलमल देखिएको शर्माले बताए । ‘हामी जानुपर्ने समाजवादी क्रान्तिको कार्यदिशा र रणनीति प्रष्ट पारेर हो । नेपाली विशेषताको समाजवादी कार्यक्रम तयार पारेर हो’, शर्माले भने ।

समाजवादी क्रान्तिका निम्ति कम्युनिष्ट पार्टीहरुबीच एकताबद्ध भएर जानुपर्ने उनको प्रस्ताव छ । जसलाई उपमहासचिव शर्माले तेस्रो पुनर्गठन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?