+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.5)
VS
७९ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अहिलेको सरकार कांग्रेसकै बलमा छ : कृष्ण सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १८ गते १७:४३

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार आफ्नो पार्टीको बलामा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसकै बलमा सरकारमा रहेको जिकिर गरे । कांग्रेसकै सहारामा प्रधानमन्त्री बनेकाले ओली एक्लै अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ,’ सिटौलाले भने, ‘हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर कल्पना पनि गर्न सक्दैनौँ ।’

अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको सिटौलाको भनाइ थियो । बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने भन्दै उनले सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने बताए ।

‘एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन,’ सिटौलाले भने, ‘यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरूबाट, सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?