+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छु : स्वास्थ्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १५:०२

२२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् ।

सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ ।’

उनले अघिल्लो वर्ष झन्डै ८०/८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुट्याइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने ।

मन्त्री पौडेलले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको बताए । उनले सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्नेब ताए ।

‘बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ’ उनले भने, ‘अनुसन्धानको कुरामा पनि स्रोत कुरा हो, अनुसन्धानको क्षेत्रमा पनि काम गरौं, यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?