 
																			२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको जारी बैठकमा नियमित किन विशेष महाधिवेशन भन्नेमा स्पष्ट दुई धार देखिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षका नेताहरूले नियमित अधिवेशनको पक्षमा धारणा राखेका छन् । उपमहासचिव जनार्दन शर्मा प्रभाकर र उनीनिकट नेताहरूले विशेष महाधिवेशनको माग जोडसँग उठाएका छन् । केन्द्रीय सदस्यहरूका अनुसार यही बैठकले विशेष महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्नुपर्ने शर्माको भनाइ छ ।
अर्का उपमहासचिव वर्षमान पुन अनन्तले पनि मंगलबार विशेष महाधिवेशनमै जानुपर्ने धारणा राखे । तर, महाधिवेशनको मिति तत्कालै घोषणा गर्नुपर्ने भन्ने शर्माको लाइनमा भने उनी उभिएनन् ।
अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलमा भाग लिँदै पुनले विशेष महाधिवेशनको मितिका विषयमा केही दिनपछि निर्णय लिए हुने विचार व्यक्त गरे ।
शर्माले भने ०७८ मा भएको आठौंँ राष्ट्रिय महाधिवेशनको समापन समारोहमा अध्यक्ष प्रचण्डले बैचारिक बहस गर्न नपाएकाले विशेष महाधिवेशनमा जाने अभिव्यक्ति सार्वजनिक रूपमै दिनुभएको हो कि होइन भन्दै अब त्यसलाई कार्यान्वयन गर्ने किन नगर्ने भन्ने प्रश्न गरे ।
अध्यक्षको प्रतिवेदनमाथि धारणा राखेका अन्य पदाधिकारीहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले भने अहिले अभियानमा केन्द्रित भएर नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेको केन्द्रीय सदस्यहरूले जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4