 
																			२३ पुस, सप्तरी । सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा विगत ६ महिनादेखी कारागारमा रहेका वडा सदस्य सिद्धार्थ तातेड रिहा भएका छन् ।
राजविराज नगरपालिका–३ का वडा सदस्य समेत रहेका उनी राजविराज कारागारमा ६ महिना देखि बन्दी जिवन बिताइरहेका थिए ।
सप्तरी जिल्ला अदालतका न्ययाधीश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरूले बचत फिर्ता पाएकोले मुद्दा फिर्ता तथा मिलापत्रको कागजमा हस्ताक्षर गरेर प्रमाणीकरण भएपछि तातेड मंगलबार कारागारबाट रिहा भएका हुन् ।
सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका तातेडका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका –९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुवै पक्षले मुद्दा मिलापत्र गरेपछि तातेडको रिहाईको बाटो खुलेको हो ।
राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव समेत रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनलाई गत साउन ३ गते पक्राउ गरेको थियो ।
संस्थामा जम्मा गरेको बचतकर्ताको डेढ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपसहित अध्यक्ष बेचन यादव र सचिव तातेडसहित १२ जनालाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो ।
उक्त मुद्दा उपर २०८१ साउन १७ गते सुनुवाई गर्दै न्यायाधीश संजिव पोखरेलले तातेडलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । तातेड पक्राउ परेपछी परिवारजनले उनी सहकारी रकम हिनामिनामा संलग्न नरहेको दाबी गर्दै आएका थिए ।
प्रहरीले तातेडलाई मात्र पक्राउ गरेर मुद्दा चलाएपनि अन्य आरोपित भने फरार थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4