+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विज्ञमा सूचीकृत हुन शिक्षा मन्त्रालयको आह्वान

गत भदौमा विज्ञमा सूचीकृत हुन आह्वान गरेकाेमा न्यून आवेदन परेपछि मन्त्रालयले आइतबार दोस्रोपटक आह्वान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते १७:३७

२८ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाविज्ञमा सूचीकृत हुन विज्ञलाई आह्वान गरेको छ । गत भदौमा विज्ञमा सूचीकृत हुन आह्वान गरे पनि न्यून संख्याको मात्र आवेदन परेपछि मन्त्रालयले आइतबार दोस्रोपटक आह्वान गरेको हो ।

‘मन्त्रालयले सम्पादन गर्ने काममा, काम सुरु भएपछि विज्ञ खोज्नुभन्दा पहिले नै विज्ञको सूची भयो भने सजिलो र छिटो हुन्छ भनेर हो,’ उपसचिव शंकर अधिकारीले भने ।

मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ । सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र सोही क्षेत्रमा १० वर्ष काम गरेको हुनुपर्ने भनिएको छ ।

‘भदौमा माग गर्दा पूर्वभीसीहरूको आवेदन आएन । उच्च शिक्षामा काम गर्न नाम चलेका प्राध्यापकको अपेक्षाअनुसार आवेदन नआएपछि दोस्रोपटक माग गरेका हौँ,’ अधिकारीले भने, ‘यसअघि आवेदन दिएकाले भने फेरि आवेदन दिनु पर्दैन ।’

मन्त्रालयले १२ वटा क्षेत्रमा विज्ञ खोजेको छ । प्रारम्भिक बालविकास शिक्षा, विद्यालय शिक्षा, उच्च शिक्षा, व्यावसायिक सीप तथा तालिम, प्राविधिक शिक्षा, तथ्याङ्क, सूचना प्रविधि, करिअर काउन्सिलिङ, अनौपचारिक तथा निरन्तर शिक्षा, विज्ञान तथा प्रविधि, पारमानविक पदार्थ व्यवस्थापन र शासकीय सुधार तथा प्रशासन विकासमा विज्ञ माग गरेको हो ।

कसलाई विज्ञ भन्ने ?
कसलाई विज्ञ भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । तर, ऐनमा पनि विज्ञको परिभाषा उल्लेख गरिएको छ । हालै बनेको नेपाल विश्वविद्यालय ऐन २०८१ मा विज्ञको परिभाषा उल्लेख गरिएको छ । ‘शिक्षाविद् भन्नाले नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झनु पर्छ,’ ऐनको दफा २ मा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?