 
																			६ माघ, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आइतबार गोलाप्रथाबाट बाँडफाँट भएको छ ।
गार्डियनले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ ।
कुमारीका अनुसार १ लाख ८४ हजार ५ सय जना प्रत्येकले १० कित्ताका दरले गार्डियनको आईपीओ पाएका छन् । बुधबार प्रिअलटमेन्ट भएको थियो भने आज आइतबार आईपीओ बाँडफाँट भएको हो ।
कुमारी क्यापिटलका अनुसार गार्डियनको आईपीओमा १७ लाख २३ हजार ९ सय ३१ जनाको हात खाली भएको छ । गार्डियनको आईपीओमा १९ लाख ८ हजार ३ सय ३१ जनाले २ करोड ५२ लाख ७ हजार ६ सय ९० कित्ताका लागि आवेदन दिएका थिए । जसबाट २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4