+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘दुःखी आत्मा’ले १० सहरमा ‘जोक जात्रा’ टूर गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १५:१२

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’ यसको टिजर र ‘ब्रेकअप कविता’ले चर्चामा छ । ‘एडल्ट ड्रामा’ बताइएको यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई र आँचल शर्माको अभिनय छ ।

श्रवण मुकारुङले लेखेको ‘व्रेकअप कविता’ले सामाजिक संजालमा चर्चा बटुलेको छ । त्यो भन्दा बढी चर्चा र ट्रोल टिजरको छ । यतिबेला भने फिल्मले नाम चलेका हास्यब्यंग्य कलाकारसँग सहकार्य गर्दै देशब्यापी जोक जात्रा अभियान गर्ने भएको छ ।

फिल्मको प्रवर्धनको लागि यो टूर देशका विभिन्न १० सहरमा हुने विज्ञप्तिमा जनाइएको छ । ६ माघमा नेपालगञ्ज, ८ माघमा बुटवल, माघको १० मा नवलपुर, माघ ११ मा चितवन, माघ १३ मा पोखरा, माघ १६ गते हेटौडा, माघ १७ मा दमक, माघ १९ मा विर्तामोड, माघको २० गते इलाममा टूर गर्ने जनाइएको छ ।

‘मोफसल टुर’पछि काठमाडौंमा कार्यक्रम हुनेछ । टुरमा अभिनय कलाकार समेत सहभागि हुने अपेक्षा छ । माघको ६ गतेदेखि सुरु हुने कार्यक्रम २१ गतेसम्म चल्नेछ ।

‘जोक जात्रा : स्ट्यान्ड अफ कमेडी टुर’ नामक दिएर यो कमेडी शो आयोजना हुन लागेको हो । टुरमा ‘कमेडी च्याम्पियन सिजन ३’का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतिककुमार अधिकारीले प्रस्तुति दिनेछन् । सबैले ‘कमेडी च्याम्पियन’मा प्रस्तुति दिएका छन् ।

दीपेन्द्र लामाको निर्देशनमा हिमाल कडरियाले निर्माण गरेको फिल्म ‘दुःखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, वुद्धि तामाङ लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?