+
+
Shares

एआई प्रवर्द्धनमा ५०० अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा

ट्रम्पले यसका लागि पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याई दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १६:४८

९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पूर्वाधार प्रवर्द्धन गर्न ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन्।  

बीबीसीका अनुसार ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताएका छन् । यसबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने उनको विश्वास छ।

ट्रम्पले सफ्टबैंकका प्रमुख कार्यकारी अधिकृत मासायोसी सन, ओपेनएआईका प्रमुख साम अल्टम्यान र ओर्‍याकलका अध्यक्ष ल्यारी एलिसनसँगै ह्वाइट हाउसमा स्टारगेट परियोजना उद्घाटन गरेका हुन् ।  

ट्रम्पले यसका लागि पूर्वराष्ट्रपति जो बाइडेनले जारी गरेको एआईसम्बन्धी कार्यकारी आदेशलाई उल्ट्याई दिएका छन् ।

आगामी पाँच वर्षमा प्रविधि क्षेत्रका ठूला कम्पनीहरू ओर्‍याकल, ओपन एआई र सफ्टबैंकले गर्नेछन्।

ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने पनि घोषणा गरेका छन्।

ओर्‍याकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डेटा सेन्टर निर्माण गर्ने काम पहिले नै सुरु भइसकेको जानकारी दिएका छन्। हाल त्यहाँ १० वटा भवन निर्माणाधीन छन् र थप १० भवन पनि निर्माण गर्ने ओर्‍याकलको योजना रहेको छ । 

ओपन एआई कम्पनीका प्रमुख साम अल्टम्यानले यसलाई यो युगको सबैभन्दा महत्वपूर्ण परियोजनाको संज्ञा दिएका छन् । उनको भनाइ छ, ‘यो ट्रम्पबिना सम्भव हुने थिएन।‘

सफ्टबैंक कम्पनीका मासायोसी सनले ट्रम्पका भनाइलाई दोहोर्‍याउँदै भने, ‘यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?