+
+

नवीकरणीय ऊर्जामा जीआईजेडले ८६ करोड सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १९:१९

१८ माघ, काठमाडौं । जर्मन प्राविधिक सहयोग संस्था (जीआईजेड) ले नवीकरणीय ऊर्जामा ६० लाख युरो (करिब ८६ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ ।

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जीआईजेडबीच नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्फत पुनर्प्राप्ति एवं सशक्तिकरण (रिप–ग्रन) कार्यक्रमको दोस्रो संशोधनमा हस्ताक्षर भएको हो ।

यसअघि गत वर्ष सन् २०२४ को जनवरीमा यसम्बन्धमा नेपाल र जर्मनीबीच प्राविधक सहयोग सम्झौता भएकोमा अहिले भएको सम्झौताले त्यसलाई औपचारिकता प्रदान गरेको जनाइएको छ ।

यस परियोजनाको प्रमुख उद्देश्य नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवर्द्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना तथा नीजि क्षेत्रको सहभागिताका लागि उपयुक्त अवस्था सिर्जना गर्नु र ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिनुरहेको जनाइएको छ ।

परियोजना राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धित नीति तथा संस्थागत संरचनाहरूलाई सुदृढ गर्ने कार्यमा केन्द्रित हुने जीआईजेडले जनाएको छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई यसले खास मद्दत गरेको जनाइएको छ । यो नेपालको नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता क्षेत्रलाई व्यवस्थित गर्न अत्यावश्यक रहेको छ । हाल यो विधेयक संसदका सम्बन्धित उप–समितिहरूमा छलफल र समीक्षाको चरणमा छ ।

साथै, यो कार्यक्रमअन्तर्गत निजी क्षेत्रबाट १६ वटा नवीकरणीय ऊर्जा परियोजनाहरू (जस्तै माइक्रो–हाइड्रो ग्रिड जडान, विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन आदि) कार्यान्वयन भइरहेको पनि जीआईजेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?