 
																			२५ माघ, काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एन्ड लजमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-१ का ३० वर्षीय सागर बेस्रा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेस्रा गएराति एकजना महिला साथीसँग उक्त होटलमा गएका थिए । राति सुतेको कोठाभित्रको बाथरुममा लडेर बेहोस बेस्रा बेहोस भएका थिए । राति करिब साढे १ बजेको समयमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले होटल सञ्चालक र बेस्रासँग होटलमा गएकी युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4