२५ माघ, काठमाडौं । उत्कर्ष नेपालको आयोजनामा ‘नेपाल क्रिकेट : संघर्षदेखि सफलतासम्म’ अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडी आसिफ शेख र बीबीएका पूर्वविद्यार्थी तथा विश्वविद्यालय क्रिकेटर सुनिल थापाले अतिथिको भूमिकामा आफ्ना धारणाहरू राखेका थिए ।
कार्यक्रममा बोल्दै आसिफले नेपाली क्रिकेटको थप विकासका लागि सरकारले अझ विशेष पहल गर्नुपर्ने कुरा औंल्याएका थिए । ‘पछिल्लो समय क्रिकेटको क्रेज बढिरहेको छ, आगामी १० वर्षसम्ममाम नेपालमा भारत नै आएर खेल्न मिल्ने वातावरण सिर्जना गर्नका लागि भौतिक संरचनादेखि अन्य कुराहरूको विकास हुन जरुरी छ’ आसिफले भने ।
त्यसैगरी विश्वविद्यालय स्तरको क्रिकेटमा सहभागी हुँदै आएका युवा खेलाडी एवम् अभियन्ता सुनिल थापाले पनि क्रिकेटलगायत अन्य खेलमा पनि युवा क्लस्टर घोषणा गर्नका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरेका थिए ।
‘हरेक खेलको केन्द्रीय समितिमा युवा क्लस्टर घोषणा गरियोस्, जसले ३२ वर्षमुनिका युवाहरुलाई प्रत्यक्ष प्रतिस्पर्धाको अवसर प्रदान गर्छ’ सुनिलले भने, ‘यसले युवा नेतृत्वलाई अगाडि बढाउने मात्र होइन, खेलकुद क्षेत्रमा नयाँ जोश र प्रतिबद्धता थप्नेछ।’
युवा नै परिवर्तनको आधार भएको र अब उनीहरूलाई अवसर दिनु जरुरी रहेको आसिफ र सुनिल दुवैको धारणा थियो ।
प्रतिक्रिया 4