३० माघ, काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री एक्स थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्यो ।
नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा टाइम्स ‘ए’ का सदिस प्रधान सर्वाेत्कृष्ट खेलाडी घोषित भए । पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्स ‘ए’ ले २१–१३ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले पराजित गरेको थियो
यसअघि क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’, राइभल इन्डियाले आर्मी ‘ए’, होउन्ड्सले आर्मी ‘बी’ तथा राइभल पाकिस्तानले एसवाइएमलाई पराजित गरेका थिए ।
प्रतियोगितामा नेपालबाट २४, बंगलादेशबाट चार, भारतबाट तीन र पाकिस्तानबाट एक टिम सहभागी सहभागी थिए ।
 
                    










 २०८१ माघ  ३० गते २२:१३
                        २०८१ माघ  ३० गते २२:१३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4