+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

केयूकेएललाई डिभिजन सडकको निर्देशन- बबरमहलको सडक जस्तातस्तै बनाइदिनू

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते १६:३९

१ फागुन, काठमाडौं । बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप विद्युत् प्राधिकरणको त्रुटीले गर्दा फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।

केयूकेएललाई बिहीबार डिभिजन सडकले पत्र लेख्दै अरनिको राजमार्गको माइतीघर तिनकुने सडक खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक यथास्थितिमा यथाशिघ्र पुर्नस्थापना गर्न भनेको हो ।

‘गल्ती कसले, कसरी गर्‍र्यौं भन्दा पनि केयूकेएलको पाइप फुटेको कारण हाम्रो मातहतको सडकमा क्षति पुगेको छ । त्यसकारण सडक केयूकेएललाई बनाउन भनेका छौं,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायण दत्त भण्डारीले अनलाइनखबरसँग भने,‘कसलाई भन्ने हो, कसरी भन्ने हो केयूकेएलको कुरा हो ।’

उनले सडकको क्षतिको यकिन विवरण नआइसकेको भन्दै पाइप जोडिसकेपछि थाहा हुने बताए ।

‘यस्तै समस्या अन्त पनि भएको छ की, सडकको भित्र भागमा कति असर परेको छ, त्यो पनि हेर्नुपर्छ,’ उनले थप भने, ‘अहिले नै यति क्षति भएको भन्न सकिने अवस्था छैन । तर जति क्षति भएपनि सडकले बनाउँदैन, केयूकेएलले नै बनाउनुपर्छ ।’

उक्त सडक खण्ड सामरिक तथा यातायात सञ्चालनको दृष्टिले अति संवेदनशील क्षेत्र रहेको भन्दै डिभिजन सडकले पाइप फुटेर जलमग्न हुन थालेपछि बन्द गर्न खबर गराएपनि लामो समयसम् म पानीको बहाब नरोकिएकोले थप क्षति हुन पुगेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?