+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/9 (19.5)
VS
१ बलमा १४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बाढी प्रभावित आयोजना पुनर्निर्माणमा ढिलाइ भयो : भौतिकमन्त्री

देशको समग्र परिस्थितिका कारण सरकारले सडक निर्माणलाई पनि गति दिन नसकेको भौतिकमन्त्री देवेन्द्र दाहालको भनाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते १७:०८

२ फागुन, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार गरेका छन् ।

मन्त्रालयमा शुक्रबार पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री दाहालले चालू आर्थिक वर्षको माघ मसान्तसम्म गरिएका कामको विवरण प्रस्तुत गर्दै यस्तो स्वीकार गरेका हुन् ।

‘बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिला भएको छ,’ उनले भने, ‘आगामी वर्षाअघि नै बीपी राजमार्ग पुनर्निर्माण हुनेछ ।’

उनले सडक निर्माणले पनि गति लिन नसकेको बताए देशको समग्र परिस्थितिका कारण सरकारले सडक निर्माणलाई गति दिन नसकेको उनको भनाइ थियो । मन्त्री दाहालले माघ मसान्तसम्म दुई लेनको २ सय ४६ किलोमिटर र दुई लेनमाथिको ३०.५८ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए ।

सरकारले सबै कामलाई गति दिन अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध भएकोमा असन्तुष्टि जनाए । ‘छिटो काम गरौं भनेर सरकारले अध्यादेश ल्याएको हो, तर विरोध मात्र भयो,’ मन्त्री दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?