३ फागुन, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा शनिवार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली युनान प्रान्तीय टोलीसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा युनान प्रान्तिय टोली २–० गोलले विजयी भएको हो ।
पाहुन टोलीले खेलको दुवै हाफमा एक-एक गोल गरेको थियो । युनानलाई जित दिलाउन यु मिनगुइ र वाङ बिनहानले गोल गरे ।
यु मिनगुईले २१औं मिनेटमा गोल गर्दै युनान प्रान्तिय टोलीलाई अग्रता दिलाएका थिए । वाङ बिनहानले ७८औं मिनेटमा युनानका लागि दोस्रो गोल गरे ।
गत वर्ष देखि चिनिया नयाँ वर्षको अवसरमा नेपाल युथ टोली र युनान प्रान्तिय टोलीबीच मैत्रीपूर्ण खेल सुरु भएको हो । गत वर्ष नेपाली युवा टोली ५-१ ले विजयी भएको थियो ।
 
                    










 २०८१ फागुन  ३ गते १९:००
                        २०८१ फागुन  ३ गते १९:००                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4