 
																			५ माघ, काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणको छानबिन गर्न माग गरेको छ ।
अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरेर कूटनीतिक पहल मार्फत छानबिन गर्न माग गरेका छन् ।
‘उक्त घटनाको निष्पक्ष छानबिन गर्न दवाब दिन तथा न्यायको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीहरूहरुमाथि कलेज प्रशासनले दमन गर्ने र उल्टै कलेजबाट निकाल्ने जस्तो अमानवीय कार्य गरेकोमा घोर भर्त्सना गर्दछौं। यस घटनाको कूटनीतिक पहल मार्फत भारत सरकारसँग कुरा गरी निष्पक्ष छानबिन गराउन तथा त्यस विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्दै अध्ययनको वातावरण निर्माण गराउन नेपाल सरकार जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
उक्त विश्वविद्यालयमा भइरहेको न्याय प्राप्तिको आन्दोलनप्रति संगठनको ऐक्यवद्धता रहेको अनेरास्ववियुले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4