 
																			८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।
पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ ।
दीक्षान्त समारोह पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा आज बिहान ११ बजे राखिएको छ ।
प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । त्सपछि उनी सोही हेलिकोप्टरबाट दिउँसो ३ बजे काठमाडौं फर्किने छन् ।
त्यसपछि प्रधानमन्त्री ओली एक प्रगतिशील बिहेमा सहभागी हुनेछन् । एमाले निकट विद्यार्थी संगठनका नेताहरुको प्रगतिशील बिहेको कार्यक्रम तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4