 
																			काठमाडौं । फिल्मका दृश्य खिचेर सामाजिक संजालमा पोस्ट गर्ने एकाउन्टविरुद्ध फिल्म ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा विहिबार उजुरी दिएको छ ।
१५ टिकटक एकाउन्टमा पोस्ट गरिएका फिल्मका दृश्य हटाउन भन्दै निवेदन दिइएको फिल्मको डिजिटल पार्टनर ओएसआरले जनाएको छ । ‘लामा दृश्य हालिएका ५ र छोटा दृश्य पोस्ट गर्ने १० टिकटक एकाउन्टबाट ती भिडियो हटाउन आग्रह गर्दै निवेदन दिएका हौं’ ओएसआरका रुपेन्द्र खड्गीले भने ।
प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘यस चलचित्रका टुक्राहरू सिनेमा घरमा गएका दर्शकले मोबाइल फोन भिडियो क्यामेरामार्फत उक्त सिनेमाको भिडियो खिचि सामाजिक संजालमा पोस्ट गरिरहेको सो काम निरन्तर भइराखेको हुनाले उक्त क्लिपहरू हटाइ आवश्यक कार्वाही गरिपाऊँ भनी विनम्र निवेदन पेश गर्दछु ।’
फिल्मको निर्माता कम्पनी जेपिटी क्रिएसनको तर्फबाट निर्माण नियन्त्रक अनिश लामिछानेले उजुरी दिएका हुन् । साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले यस्तो समस्या फिल्म रिलिजको समयमा बारम्बार हुने गुनासो आउने गरेको बताउँदै आफूहरूले प्रतिलिपि अधिकार उल्लंघनको विषयमा कार्वाही गर्ने बताए ।
फिल्म ‘लाज शरणम्’का कलाकारले फिल्मको फेसबुक एकाउन्टविरुद्ध भिडियो सन्देश जारी गर्दै यस्तो कार्यले निर्मातालाई असर गरेको र तुरुन्त रोक्न समेत भनेका छन् । उनीहरूले कानूनी कार्वाहीको चेतावनी समेत दिएका छन् ।
पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सजस्ता प्लाटफर्ममा फिल्मका क्लाइमेक्ससम्मका भिडियो पोस्ट हुने समस्या नेपाली निर्माताले बारम्बार भोग्दै आएका छन् ।
‘मायावी’ पनि टिकटकमा पाइरेसी
फिल्म ‘मायावी’ रिलिजको दिनबाटै टिकटकमा पाइरेसी भएको छ । फिल्मको महत्वपूर्ण दृश्य समेत टिकटकमा भाइरल छन् । जसले दर्शकको उत्सुकतालाई कम गराउन सक्छ ।
टिकटकमा फिल्मको क्लाइमेक्स समेत खिचेर दर्शकले पोष्ट गरेपछि निर्माणपक्ष केही तनावमा पनि देखिएको छ । फिल्मका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्वपूर्ण दृश्य खिचेर टिकटकमा नराखिदिन आग्रह गरेका छन् । यसको निर्माणपक्षले साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4