+
+
Shares

आर्थिक अनियमिततामा मुछिएका जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष निलम्बित, पार्टीले माग्यो स्पष्टीकरण

राष्ट्रिय कोषाध्यक्ष यादवले २०७९ मा सम्पन्न निर्वाचनपश्चात पार्टी फुटाउन विभिन्न व्यक्ति र समूहसँग गुटबन्दी गरेको, जिल्ला जिल्लामा तथा देश–विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फुटाउन प्रयास गर्दै आएको आरोप पनि अनुशासन समितिले लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २४ गते २२:००

२४ फागुन, काठमाडौं । जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव निलम्बित भएका छन् । पार्टीको केन्द्रीय अनुशासन समितिले कोषाध्यक्ष यादवलाई आर्थिक अनियमितता लगायतका विभिन्न विषयमा चारबुँदे स्पष्टीकरण माग्दै निलम्बन गरेको हो ।

अनुशासन समितिको तर्फबाट सदस्यसचिव अनिताकुमारी मण्डलले जारी गरेको विज्ञप्तिमा पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको उल्लेख छ ।

‘…तपाईं तथा संघका पूर्वअध्यक्षहरू ई. वसन्तकुमार कुशवाहा, ई. शम्भुनाथ साहले करोडौं पैसा उठाएर काठमाडौंको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घर/स्कुल चलाउनेसहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाव वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सो विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि पटकपटक अनुरोध गर्दा पनि उनीहरूसँग हरहिसाब क्लियर नगरेको’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय कोषाध्यक्ष यादवले २०७९ मा सम्पन्न निर्वाचनपश्चात पार्टी फुटाउन विभिन्न व्यक्ति र समूहसँग गुटबन्दी गरेको, जिल्ला जिल्लामा तथा देश–विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फुटाउन प्रयास गर्दै आएको आरोप पनि अनुशासन समितिले लगाएको छ ।

त्यसअघि २०७९ कै निर्वाचनको क्रममा पनि सपतरी १ र सप्तरी २ का केही ठूला नेतालाई भड्काएर आफ्नो पार्टीका उम्मेदवार डा.जयकान्त राउत र राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतलाई पराजित गर्ने उद्देश्यले भूमिका निर्वाह गरेको तथा बाराको उपनिर्वाचनमा समेत पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा अनुशासन समितिले कोषाध्यक्षसँग स्पष्टीकरण मागेको छ ।

राष्ट्रिय कोषाध्यक्षसँग स्पष्टीकरण मागिएको विषयमा भने अनुशासन समितिकै संयोजकले अनभिज्ञता व्यक्त गरेका छन् । अनलाइनखबरसँगको कुराकानीमा संयोजक दीपककुमार साहले स्पष्टीकरण मागिएकोबारे कुनै जानकारी नरहेको बताए । समितिको बैठकसमेत नबसेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?