२७ फागुन, काठमाडौं । हराएको १७ दिनपछि एक पुरुषको शव शिवपुरी जंगलमा फेला परेको छ ।
काठमाडौंको तार्केश्वर नगरपालिका–६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजनको शव फेला परकेो जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
तार्केश्वर नगरपालिका–३ तीनपिप्ले पाँचमाने शिवपुरी जंगलमा मंगलबार मृत अवस्थामा उनी फेला परेका हुन् । यही फागुन १० गतेदेखि उनी हराएको पाइएको एसपी बोहोराले बताए । प्रहरीका अनुसार श्रीमतीसँग सामान्य विवाद भएपछि उनी घर छाडेर हिँडेका थिए ।
त्यसैगरी तार्केश्वर नगरपालिका–१० मनमैजु फुलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4