+

वीर अस्पतालमा पार्किन्सन, छारे रोगका बिरामीका लागि नयाँ प्रविधि भित्रियो

२०८१ फागुन  २७ गते १९:०८ २०८१ फागुन २७ गते १९:०८
वीर अस्पतालमा पार्किन्सन, छारे रोगका बिरामीका लागि नयाँ प्रविधि भित्रियो

२७, फागनु, काठमाडौं । वीर अस्पतालले स्नायुसम्बन्धी उपचारका लागि अत्याधुनिक सेवा सञ्चालनमा ल्याएको छ ।अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकास्थित क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा डिप ब्रेन स्टीम्युलेसन र स्पाइनल स्टीम्युलेसन सेवा सञ्चालनमा ल्याइएको प्रा.डा.राजीव झाले जानकारी दिए ।

न्यूरो विभागका प्रमुख समेत रहेका प्रा.डा. झाका अनुसार यी दुई प्रविधिले पार्किन्सन, छारे रोग र ओसीडीका बिरामीको उपचारमा ठूलो भूमिका खेल्छ ।

उनी भन्छन्, ‘विद्युतीय तरंग प्रवाह गरी दिमागका विशिष्ट क्षेत्रहरूलाई सक्रिय पार्ने डिप ब्रेन स्टीम्युलेशन प्रविधिले दीर्घकालीन स्नायुगत समस्याहरूको लक्षण कम गर्न मद्दत गर्छ। साथै, मेरुदण्ड पक्षघात तथा नशासम्बन्धी दीर्घ रोगीहरूका लागि स्पाइनल स्टुमिलेसन विधि पनि सञ्चालनमा ल्याइएको हो।’

पार्किन्सन रोग, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओसीडी जस्ता स्नायुगत समस्याहरूमा परम्परागत उपचारले सुधार नआएका बिरामीका लागि सो सेवा विधि सुरू गरिएको छ।

सो नयाँ उपचारका लागि योग्य बिरामीहरूको छनोट चैत्र १८ गतेसम्म अस्पतालको न्यूरोसर्जरी विभागको चौथो तल्ला, कोठा नं. ४३९ मा बिहान १२ बजेदेखि साढे १ सम्म हुने बताइएको छ ।

पार्किन्सन रोग, छारे रोग, शारीरिक कम्पन, डिस्टोनिया, ओसीडी, दीर्घ दुखाइ, र पक्षघात लगायत पीडित बिरामी र स्नायु रोगको उपचारबाट सन्तोषजनक सुधार नआएका बिरामीहरूले तोकिएको मितिभित्र सम्पर्क गर्न सक्नेछन् ।

मस्तिष्क वीर अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?