+
+
Shares

साझा यातायातका १२ वटा सवारीमा प्रदूषण जाँच फेल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते २०:२५

२७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गरिएको छ ।

गत २५ फागुनमा पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा भएको परीक्षणमा ३१ वटा सवारी साधनको जाँच गरिएको थियो ।

प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएको महानगरपालिकाले जनाएको छ । त्यस्तै, १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ । फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ ।

सवारी साधनको प्रदूषण न्यूनीकरणका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको पहलमा निरन्तर निगरानी गरिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?