+
+
Shares

टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २८ गते १३:०४

२८ फागुन, काठिमाडौं । टिपरको बालुवा अनलोड गर्ने क्रममा करेन्ट लागेर काठमाडौंको मूलपानीमा एक जनाको मृत्यु भएको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका–७ मूलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।

सोही नगरपालिका–७ मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बागमती प्र. ०३–००१ ख १३३८ नम्बरको टिपरको बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भएर करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका टिपरका सहचालक खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?