४ चैत, काठमाडौं । आकाश त्रिपाठीको अर्धशतकमा प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको छ ।
देउखुरीमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १५८ रन बनाएको हो । आकाश त्रिपाठीले सर्वाधिक ७३ रन बनाए । कृष्ण कार्कीले ३३ तथा कप्तान देव खनालले १६ रन बनाए ।
मधेशका लागि विशाल पटेलले ५ ओभरमा १३ रन दिएर ३ विकेट लिए । कमल गुप्ताले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिए । हरिशंकर साह, प्रदिप पासवान र रन्जित कुमारले १-१ विकेट लिए ।
मधेश प्रदेशले ३ खेल खेल्दा १ जित निकालेको छ भने लुम्बिनीले ४ खेलमा ३ जित निकालेको छ ।
प्रतिक्रिया 4