७ चैत, काठमाडौं । युकेमा बसोबास गरिरहेका नेपाली बडिबिल्डर उमेश राई सन् २०२५ मा हुने १७औं धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएका छन्।
उनले बडिबिल्डिङ क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै सफलता हासिल गरेका छन्। उनको यो यात्रा र उपलब्धिहरूले नेपालको नाम विश्वभर चम्काएको छ।
उमेशले सन् २०१६ मा १४औं धर्मश्री प्रतियोगिताबाट तेस्रो स्थान हासिल गरे। यो सफलताले उनको बडिबिल्डिङ करियरको आधार तयार पार्यो। त्यसपछि सन् २०१८ मा उनले दोस्रो मिस्टर एभरेस्टको उपाधि जिते।
त्यही वर्षको नोभेम्बरमा पहिलो दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको विजेता बनेर नेपालको गौरव बढाए। सन् २०१९ मा उनले कुवेत क्लासिकमा पाँचौं स्थान प्राप्त गरे भने मे ४ मा सातौं मिस्टर हिमालयनको उपाधि जितेर आफ्नो क्षमता फेरि प्रमाणित गरे।
सन् २०२० मा तेस्रो नेपाल राष्ट्रिय च्याम्पियनसिपको विजेता बनेर उनले देशभित्र आफ्नो वर्चस्व कायम राखे। त्यसैगरी, सन् २०२२ मा १६औं मिस्टर धर्मश्रीको उपाधि जितेका उमेशले त्यही वर्षको जुलाई २० मा एसियाली बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक हासिल गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम राखे।
यी सबै उपलब्धिहरूसहित उमेश राई अब २०२५ को धर्मश्री च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छन्। नेपालको यो प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन पाउँदा उनी निकै उत्साहित छन्।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4