+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

भन्न त नहुने, तर देशमा सुशासन पटक्कै छैन : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १७:०५

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली काँग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले भने, ‘आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली काँग्रेस सरकारमा छ । नेपाली काँग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्‍यो, अगाडि बढाउनुपर्‍यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ ।’

उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए।

‘उहाँहरुलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रीपरिषद्मा जान्छ, उहाँहरुलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ । सुशासन पटक्कै छैन । हामीले यो कुरा भन्ने की नभन्ने । नेपाली काँग्रेस हामी सत्ता पक्षका हौँ । तर हामी सरकारमा छैनौँ ।’

सांसद काइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको बताए । नेपाल अफ्ठ्यारोमा परेको बताउँदै उनले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?