+

पुम्दीकोटदेखि बेगनासतालसम्म पुग्यो एनएसएलको ट्रफी

२०८१ चैत  ९ गते १८:०५ २०८१ चैत ९ गते १८:०५
पुम्दीकोटदेखि बेगनासतालसम्म पुग्यो एनएसएलको ट्रफी

९ चैत, पोखरा । पोखरामा नेपाल सुपर लिग (एनएसएल) फुटबलको ट्रफी प्रदर्शन गरिएको छ । आगामी शनिबारदेखि सुरु हुने तेस्रो संस्करणको एनएसएलको ट्रफी शनिबार पर्यटकीय राजधानी पोखरामा अनावरण एवं प्रदर्शन गरिएको हो ।

पोखरा थन्डर्स एफसीको व्यवस्थापनमा पोखराका ५ ठाउँमा ट्रफी प्रदर्शन गरिएको हो । पुम्दीकोट शिव मन्दिर, शान्ति स्तूप, पोखरा रंगशाला, बेगनास ताल र सृजनाचोकस्थित एनसेल सेन्टरमा ट्रफी प्रदर्शन गरिएको पोखरा थन्डर्सका व्यवस्थापक घनश्याम थापाले जानकारी दिए ।

उनका अनुसार फेवाताल किनार र विन्ध्यावासिनी मन्दिरमा आइतबार बिहान ट्रफी प्रदर्शन गरिने छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले प्रर्दशनमा लैजानुअघि ट्रफी अनावरण गरेका थिए ।

धनगढी, बुटवल, झापा, चितवनमा अनावरण एवं प्रदर्शनपछि ट्रफी पोखरा ल्याइएको हो ।

पोखरापछि ललितपुर र काठमाडौंमा ट्रफी प्रदर्शन गरिने आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

नेपाल सुपर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय