+
पीएम कप क्रिकेट :

बसिरको अर्धशतक र शाहबको चार विकेटमा आर्मीको सातौं जित

२०८१ चैत  १० गते १७:५४ २०८१ चैत १० गते १७:५४
बसिरको अर्धशतक र शाहबको चार विकेटमा आर्मीको सातौं जित

१० चैत, काठमाडौं । बसिर अहमदको अर्धशतक र शाहब आलमको चार विकेटमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सातौं जित निकालेको छ ।

आइतबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १३१ रनले हराएको हो । आर्मीले दिएको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा ११२ रनमा अलआउट भयो ।

कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए । मनिष थापा र बिप्रासन केसीले समान १३ रन बनाए । नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए ।

आर्मीका बसिरले ९.१ ओभरमा २५ रन दिएर ४ विकेट लिए । नरेन साउदले २ तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले १-१ विकेट लिए ।

बसिर अहमदले अर्धशतकसहित ८६ रन बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४९.२ ओभरमा अलआउट हुँदै २४३ रन बनायो । बसिरले १०४ बलमा ६ चौकासहित ८६ रन बनाए । तृतराज दासले ३१ तथा सोमपाल कामीले २८ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले १० ओभरमा ४७ रन दिएर ४ विकेट लिए । कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रासन केसी, नर सार्की र कप्तान देव खनालले १-१ विकेट लिए ।

यस हारसँगै लुम्बिनी फाइनल होडबाट बाहिरिसकेको छ भने ८ मध्ये ७ खेल जितेको त्रिभुवन आर्मी फाइनलको नजिक छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय