+

खेलकै क्रममा हृदयघात भएपछि तमिम इकबाल अस्पताल भर्ना

२०८१ चैत  ११ गते १५:४५ २०८१ चैत ११ गते १५:४५
खेलकै क्रममा हृदयघात भएपछि तमिम इकबाल अस्पताल भर्ना

११ चैत, काठमाडौं । बंगालदेशका पूर्वकप्तान तमिम इक्बाललाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई ढाका प्रिमियर लिगमा खेल्दै गर्दा समस्या देखिएको थियो ।

मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका उनले खेलको टसपछि छाती दुखेको गुनासो गरेका थिए र प्रारम्भिक उपचारपछि अस्पताल लगिएको थियो।

बंगलादेश क्रिकेट बोर्डका मेडिकल अफिसर देबाशीष चौधरीका अनुसार तमिमको मुटु अहिले राम्रोसँग काम गर्दैछ। उनको उपचार ढाकाको बाहिरी इलाकामा रहेको सावरको अस्पतालमा भइरहेको छ।

तमिमले २००७ देखि २०२३ सम्म ३९१ खेल खेल्दै बङ्गलादेशको प्रतिनिधित्व गरेका छन् । उनले १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् र तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने एक मात्र बंगलादेशी ब्याटर हुन् ।

तममि इकबाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय