१२ चैत, काठमाडौं । शेर मल्ल र हेमन्त धामीले किफायती बलिङ गरेपछि मधेश प्रदेश प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध सामान्य योगफलमा अलआउट भएको छ ।
एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४२.३ ओभरमा अलआउट हुँदै १०२ रन मात्र बनायो । प्रदिप पासवानले सर्वाधिक २३ तथा पवन सर्राफले १९ रन बनाए । दिपेश दास र रुपेश सिंहले समान १२ रन बनाए ।
सुदूरका शेर मल्लले १० ओभरमा ५ रन मात्र दिएर ४ विकेट लिए । यो पीएम कपमै सबैभन्दा किफायती बलिङमध्ये एक हो । त्यस्तै हेमन्तले ५.३ ओभरमा ११ रन दिएर ४ विकेट लिए । नारायण जोशी र विकास आग्रीले १-१ विकेट लिए ।
सुदूरलाई नेटरनरेटमा व्यापक सुधार गर्दै शीर्ष ४ मा पर्ने सम्भावना कायमै राख्ने अवसर छ । अन्य नतिजामा पनि भर पर्नुपर्नेछ । मधेश भने शीर्ष ४ को होडबाट पनि बाहिरिसकेको छ ।
प्रतिक्रिया 4