 
																			१२ चैत, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र पाएका छन् ।
कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आएपछि उनले नियुक्तिपत्र पाएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । शाक्यले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर आजै पदभार ग्रहण गर्ने छन्।
ऊर्जा मन्त्रालयले घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयबारे जानकारी पनि मंगलबार नै दिने तयारी गरेको पनि ऊर्जा मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4