+
+
Shares

तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते २१:०३
फाइल तस्वीर

१६ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ ।

शनिबारपार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गरे ।

‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा भयो । गृहमन्त्रीज्यूले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्नुभयो । त्यसपछि हामी के निष्कर्षमा पुगेका छौं भने । यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ । हिजोको घटनाको भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भने ।

एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना कांग्रेसको निष्कर्ष छ ।

‘यसको सम्पूर्ण पूर्वराजा, जसको आयोजनामा यो समिति गठन भयो र यसले यो आयोजना गर्‍यो,’ उनीहरू जसरी प्रस्तुत हुन्छौं भनेका थिए त्यसको विपरित अराजकतामा प्रस्तुत हुने र सबै कब्जा गरेर जाने लक्ष्य देखियो । त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?