+
+
Shares

दलहरूसँग छलफलमा राष्ट्रिय सभा अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १८:१२

१७ चैत, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल दलहरूसँग छलफलमा जुटेका छन् । राष्ट्रिय सभाको बैठक पटक–पटक सूचना टाँसेर समय सर्दै आएको छ । तर, बस्न सकेको छैन ।

सत्तापक्ष आइतबार नै सभाको बैठक चलाएर प्रतिस्थापन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् । विपक्षी दलहरू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे जवाफ मागिरहेका छन् ।

प्रधानमन्त्री ओलीको जवाफ आउनुपर्ने उनीहरूको अडान छ ।

प्रधानमन्त्री ओलीले सोमबार जवाफ दिने बताएका छन् । त्यसलाई आधार मानेर संसदको अवरोध खोल्नुपर्ने सत्तापक्षको आग्रह छ । विपक्षीले प्रधानमन्त्रीको जवाफ सुनेपछि निर्णय लिने बताउँदै आएका छन् ।

यही विषयमा सभाध्यक्ष दाहाल राष्ट्रिय सभामा रहेका दलका नेताहरूसँग संवादमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?